Rule 21
सजाय गर्ने अधिकारी

२१. सजाय गर्ने अधिकारीः

(१) ऐनको दफा १७ बमोजिमको सजाय गर्ने अधिकार मन्त्रालयको सचिवलाई हुनेछ ।
(२) उपनियम (१) बमोजिम सजायको आदेश गर्नु अघि सम्बन्धित पक्षलाई सफाइको लागि मनासिव मौका दिनु पर्नेछ ।

२१क. दस्तुर वा प्रसारण तथा वितरण शुल्क छुट दिन सक्नेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका प्रसारण संस्थालाई यस नियमावली बमोजिम लाग्ने इजाजतपत्र दस्तुर, प्रसारण तथा वितरण शुल्क र नवीकरण दस्तुर पूर्ण वा आंशिक रूपमा छुट दिन सक्नेछ ।